(१) देहायका कागजपत्रहरुमा अनुसूचीमा लेखिएबमोजिम आय टिकट दस्तूर लाग्नेछः–
(क) लेनदेनको तमसुक, टिप्पन,
(ख) बहाल कबुलियत,
(ग) गैह्र संस्थागत कृषिजन्य वस्तु बाहेक बिक्रीनामाको कागजात,
(घ) शेयर, डिबेञ्चर स्टकको खरीद बिक्रीसम्बन्धी कागजात,
(ङ) विनिमयपत्र र प्रतिज्ञापत्र,
(च) बीमा लेखसम्बन्धी गैह्र कागजात, र
(छ) घर, पसल, हल, होटेल र कोठाको बहाल बुझेको भरपाई ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कागजातपत्रमा आय टिकट दस्तूर लाग्ने छैनः–
(क) अनिवार्य रुपले रजिष्टेशन पास गराउनु पर्ने तमसुक,
(ख) तमसुकी ऋणको साँवा, ब्याज र जिन्सी वा नगदी वाली बुझाउँदाको भरपाई,
(ग) नेपाल सरकारको ऋणपत्रहरु,
(घ) चेक, ड्राफट, टी.टी., र
(ङ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आंशिक वा पूर्ण रुपले आय टिकट नलाग्ने भनी उपदफा (१) मध्येको तोकिदिएको कागजपत्रहरु ।
(३) उपदफा (१) बमोजिम आय टिकट दस्तूर लाग्ने कागजपत्रमा आय टिकट नपाएसम्म त्यसको सट्टा हुलाक टिकट टाँस्न सकिनेछ ।